श्री एयरलाइन्सले सुर्खेत-काठमाडौं उडान गर्ने


सुर्खेत । श्री एयरलाइन्सले सुर्खेत-काठमाडौं उडानका लागि अनुमति पाएको छ ।
नागरिक उड्डयन प्राधिकरणको सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो ।
वैशाख १९ गते सुर्खेत उद्योग वाणिज्य संघले श्री एयरलाइन्सलाई कर्णालीमा उडान भर्नका लागि अनुरोध गरेको थियो ।
जेठभित्रै सुर्खेत–काठमाडौं उडान भर्ने गरी तयारी थालिएको श्री एयरलाइन्सले जनाएको छ ।
श्री एअरले सीआरजे २०० र सीआरजे ७०० जेट इञ्जिनका साथै क्यू ४०० सिरिजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।
कर्णालीबासीले चर्को भाडा तिर्ने बाध्य भएका यात्रुलाई दुईवटा हवाई कम्पनीले प्रतिस्पर्धा गरे भने यात्रुलाई भाडाका केहि सहज हुने उद्योग वाणिज्य संघ सुर्खेतका लक्ष्मण कँडेलले बताए ।