बाबुराम भट्टराईको दाबी- प्रतिगामी शक्तिले भ्रम छर्न थाले, देश गम्भीर दुर्घटनामा जानसक्छ – Nepal Press

बाबुराम भट्टराईको दाबी- प्रतिगामी शक्तिले भ्रम छर्न थाले, देश गम्भीर दुर्घटनामा जानसक्छ

हेटौंडा । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा प्रतिगामी शक्तिले जनतामाझ भ्रम छाड्न थालेको बताएका छन् ।

मकवानपुरको हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले संघिय गणतन्त्र विरुद्धका आवाजहरु उठाएर प्रतिगामी शक्तिले भ्रम छर्ने र लामो संघर्षपछि स्थापित जनताको राज्यसत्ता विरुद्ध षड्यन्त्र गर्न थालेको बताए ।

राजनीतिक दलहरुले बयवस्था परिवर्तनको लागि उल्लेख्य ध्यान केन्द्रीत गरेको र अब जनताको अवस्था परिवर्तनमा ध्यान नदिने हो भने प्रतिगामीहरुले खेल्ने ठाउँ पाउने भन्दै भट्टराईले देशको परिवर्तनमा योगदान दिएका दलहरुले अब जनताको जनजीविकाको विषयलाई उठान गरेर अघि बढनुको बिकल्प नभएको उल्लेख गरे ।

नेपालमा निरन्तर भैरहने सत्ता परिवर्तनको खेलको कारण जनातामा निराशा छाएको भन्दै उनले प्रतक्ष निर्वाचित प्रधानमन्त्री सहितको व्यवस्था आवश्यक भएको उल्लेख गरे ।

अहिलेको शासकीय ब्यवस्थाले कुनै दलको बहुमत नआउने हुँदा यो शासकीय ब्यवस्थालाई परिवर्तन गरेर स्थायी सरकार निर्माण गरि देशलाई समृद्ध बनाउनुपर्ने समय आएको बताए ।

देशमा श्रम शक्ति पलाएन ठुलो मसस्या भएको भन्दै उनले देशमानै रोजगारको ब्यवस्थापन गरेर युवा शक्तिलाई मुलुक निर्माणमा परिचालन गर्नुपर्ने बताए ।

नक्कली भुटानी शरणार्थीको विषयमा पत्रकारहरुको जिज्ञासाको उत्तर दिँदै भट्टराईले सबैखाले भ्रष्ट्रचारीलाई कानुन अनुसारको कारबाही गर्नुपर्ने बताए ।

आफूलाई पनि लाग्ने गरेको ललिता निवासको जग्गाा प्रकणरबारे आफैंबाट छानबिन गर्न पटक–पटक अनुरोध गरेको बताउँदै भट्टराईले भ्रष्टाचारीलाई कुनै हिसाबमा उन्मुक्ती दिन नहुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर