नेप्से १९ अंकले घट्यो, कारोबार रकम ६० करोडमा खुम्चियो


काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा कायम भएको छ ।
आज २० लाख १५ हजार ९५९ कित्ता शेयरको खरिद बिक्री हुँदा ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा आत्मा निर्भर लघुवित्त वित्तीय संस्था, इस्ट्रन आइड्रोपावर, सनराइज् ब्लुचिप्स फण्ड र राष्ट्र उथ्थान लघुवित्त वित्तीय संस्था रहेका छन् ।
सर्वाधिक घाटामा भने, एनएमबि डेबेन्चर ८.५०, मकर जितुमाया सुरी हाइड्रोपावर, घलम्यादी हाइड्रोपावर र मन्दकिनी हाइड्रो पावर लिमीटेड रहेका छन ।
त्यस्तै, उपसमूहतर्फ रहने १३ वटै समुहको सेयर मुल्य घटेको छ ।
आइतबार बजार पूँजीकरण २६ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ ।