नीति तथा कार्यक्रमका लागि बागमती प्रदेश सकारले बोलायो सर्वदलीय बैठक – Nepal Press

नीति तथा कार्यक्रमका लागि बागमती प्रदेश सकारले बोलायो सर्वदलीय बैठक

हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा योजना कार्यक्रमको छलफलको लागि बागमती प्रदेश सरकारले सर्वदलीय बैठक बोलाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा सोमबार सर्वदलीय छलफल हुने भएको हो ।

आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका निजी सचिव वीरेन्द्रजंग थापाले नेपाल प्रेसलाई बताए ।

‘मुख्यमन्त्री ज्यूले सबै दलको सहयोगमा बजेट निर्माण गर्ने मनसायको साथमा बैठकको आह्वान गर्नुभएको हो, उनले भने ।

बैठकमा बागमती प्रदेशसभामा सहभागी रहेका सबै दलको प्रतिनिधिहरूको सहभागिता हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर