सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी – Nepal Press

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ। संघीय संसदमा आजबाट सुरू हुने बजेट अधिवेशनको कार्यसूची तयलगायतका विषयमा छलफल गर्नका लागि सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् ।

जारी बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन, मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० पेश सम्बन्धनमा र आर्थिक बर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमाथि छलफल गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा सांसदहरुको बस्ने क्रम निर्धारण, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी नियमावली र सभाका सदस्यहरुको उपस्थिति वेवसाइट मार्फत् सार्वजनिक गर्ने र ईहाजिरी सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर