संघीय संसद्का नवनियुक्त सचिवहरूको शपथ आज – Nepal Press

संघीय संसद्का नवनियुक्त सचिवहरूको शपथ आज

काठमाडौं । संघीय संसद् अन्तर्गतका दुई जना सचिवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनीयताको शपथ लिन लागेका हुन ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त शपथ समारोह  कृषि समितिको हल, सिंहदरबारमा हुनेछ ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र  राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत वैशाख २१ गते नियुक्त भएका थिए ।

संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन ।

उनीहरू दुवै जना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *