राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित – Nepal Press

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित

काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।

महाधिवेशनबाट भन्सार एजेन्ट श्री भोलानाथ अर्यालको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

उपाध्यक्षमा नवीन महतो, महासचिवमा समीर विष्ट, सचिवमा सोमनाथ खडाल, कोषाध्यक्षमा सुदिप कार्की सदस्यहरूमा क्रमशः सुमन तिमिल्सिना, दीपेन्द्र रिजाल, विकास भण्डारी, मनिष कुमार यादव, कपिल सत्याल, हुकुम सिंह शाह, सन्तोष गौतम, दीपेन्द्र प्रसाद भट्ट, नानुमैया कटवाल, सिर्जना सिंह निर्वाचित भएका छन् ।

भन्सार एजेन्ट संघका संस्थापक अध्यक्ष श्री कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो महाधिवेशनमा विशेष अतिथिको रूपमा नेपालमा पहिलो भन्सार सम्बन्धी विषयमा विद्यावारिधि गर्ने श्री डा. गौतम महर्जन रहनुभएको थियो भने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता श्री विक्रम भण्डारीले निर्वाचन गराउनु भएको थियो। विभिन्न भन्सार कार्यालयमा कार्यरत रहेका भन्सार एजेन्टहरूको उल्लेख्य सहभागिता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *