सांसद बलायरलाई अभिव्यक्ति सच्याउन पत्रकार महासंघ लगायत पेसागत संगठनहरुको आग्रह – Nepal Press

सांसद बलायरलाई अभिव्यक्ति सच्याउन पत्रकार महासंघ लगायत पेसागत संगठनहरुको आग्रह

कैलाली । कैलाली क्षेत्र नम्बर ४बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वीरबहादुर बलायरलाई पत्रकार महासंघ लगायत पेसागत संगठनहरुले अभिव्यक्ति सच्याउन आग्रह गरेको छ ।

बलायरले समाचारका विषयमा सञ्चारमाध्यमको नाम नै लिएर दिएको अभिव्यक्ति सच्याउन सुदूरपश्चिम पत्रकार महासंघ, कैलाली पत्रकार महासंघ, प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटी र कैलाली जिल्ला कमिटीले पूर्व मन्त्री समेत रहेका सांसद बलायरलाई अभिव्यक्ति सच्याउन आग्रह गरेको हो ।

बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालयको शिलान्यास गरेका थिए ।

मङ्गलवार गोदावरी नगरपालिकाका वन क्षेत्रमा रहेका टहरा हटाएको थियो । त्यसको दुई दिन पछि सांसद आफैले बन क्षेत्रमा पार्टी कार्यालयको भवन शिलान्यास गरेपछि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएका थिए ।

सांसद बलायरले न्युज २४ को नाम नै लिएर धम्कीपूर्ण भाषा प्रयोग गर्दै भाषण गरेका थिए । ‘स्टुडियोमा बसेर धज्जी उडाउन सजिलो होला, मेरो पार्टीको कार्यकर्तासँग सामना गर्न गारो होला’ सांसद बलायरले चेतावनी दिँदै भनेका थिए ।

समाचारको विषयलाई लिएर सांसद बलायरले दिएको अभिव्यक्ति विरुद्ध पत्रकार महासंघ लगायत पेसागत संगठनहरुले अभिव्यक्ति सच्याउन आग्रह सहित विज्ञप्ति जारी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर