मुगुमा हिमपहिरो : तीन जनाको मृत्यु – Nepal Press

मुगुमा हिमपहिरो : तीन जनाको मृत्यु

मुगु । हिम पहिरोमा परेर तीन जना मृत्यु भएको छ ।

शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जनाइएको छ ।

उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

१५ जनाको टोली शनिवार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालय मुगुले मौसम राम्रो छैन भनेर खुलाएको नै रहिन्छ । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएको थियो । उनीहरूलाई एक पटक फर्काएको थियो । तर, जबरजस्ती गरेर कता कुन बाटोबाट लुकेर गएछन् ।

घटनाको थप विवरण आउन भने बाँकी रहेको जुम्ला प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । १३ जना घर फर्किएको र ३ जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगुले उद्धारका लागि पहल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर