ओेली-प्रचण्डकाे दाेस्राे भेटमा के भयाे कुराकानी ? – Nepal Press

ओेली-प्रचण्डकाे दाेस्राे भेटमा के भयाे कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज सिंहदरवारमा भेटवार्ता भयाे ।

तत्कालीन सत्ता गठवन्धन टुटेयता पानी बाराबार जस्ताे सम्वन्धमा रहेका नेताद्वय पछिल्ला तीन दिनमा दाेस्राेपटक भेटेका हुन् ।

स्राेतका अनुसार आजकाे वार्तामा चारवटा विषयवस्तुमा कुराकानी भएका थिए । संवैधानिक परिषदकाे वैठक सोमबार बेलुकी बस्ने नेताद्वयबीच सहमति भएकाे थियाे । यसबमाेजिम आजै सबै सदस्यलाई परिपत्र भएकाे छ ।

संसद बैठकमा प्रस्तुत हुने विधेयकहरूको अवस्थाबारे पनि छलफल भएकाे थियाे । यसैगरी आगामी बजेटका नीति र सिद्धान्बमरे पनि छलफल भएकाे बालुवाटार स्राेतले बतायाे ।

भेटवार्ताकाे चाैंथाे महत्त्वपूर्ण विषय नक्कली शरणार्थी कान्ड थियाे । ओलीले अभियुक्तको बयान रोकिँदा नाम लिइएका मान्छेलाई जोगाउने प्रयास भएको आफूले जानकारी पाएको बताएका थिए । त्यसो हुन नहुने भन्दै उनले प्रधानमन्त्रीलाई सचेत गराए ।

एमाले सचिव टाेपबहादुर रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने ओलीले बताएका छन् । रायमाझी हाल आफूसँग सम्पर्कमा नभएको उनकाे भनाइ थियाे । ओलीले शरणार्थी प्रकरणमा आफूले पाएका केही सूचना प्रधानमन्त्रीलाई दिएकाे बुझिएकाे छ । प्रधानमन्त्री प्रचण्डले उक्त सुचनाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत बुझ्ने बझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर