संवैधानिक परिषदको बैठक बोलाइयो – Nepal Press

संवैधानिक परिषदको बैठक बोलाइयो

काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार साँझ ६ बजे सिंहदरबारमा बैठक तय गरिएको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो ।

यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए ।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ ।

सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।

ओलीले संसदीय सुनुवाइसहित अन्य विषयगत समितिको नेतृत्व टुंगो लगाउनुपर्ने प्रस्ताव राखेपछि वैशाख पहिलो साता बसेको बैठक निष्कर्षविहीन बनेको थियो । थप छलफल गर्ने भन्दै नेताहरू उठेका थिए ।

ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर