सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा, अधिवक्ताहरु पनि सहभागी – Nepal Press

सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा, अधिवक्ताहरु पनि सहभागी

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ।

गठबन्धन दलहरू जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रित छन्।

यस्तै, बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्तापछिको परिस्थिति, भोलिबाट सुरू हुने बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बताइन्छ।

बैठकमा अधिवक्ताहरु पनि सहभागी रहेका छन् ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको बारेमा पनि छलफल हुने बताइन्छ। सो प्रकरणको फाइफ खुलेपछि सत्ता गठबन्धनकै शीर्ष नेतादेखि एमाले सचिव टोपबहादुर रायमाझीसहित हाइ प्रोफाइलको नाम मुछिएको छ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।


प्रतिक्रिया

One thought on “सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा, अधिवक्ताहरु पनि सहभागी

  1. गृह मन्त्रालय सचिव प्रकाउ पर्ने मन्त्री नपर्ने यस्तो पनि हुन्छ । मन्त्रीको सहमती वा सल्लाह बिना सचिवले मात्र त्यति ठूलो निर्णय गर्न सम्भव हुँदैन । त्यसैले बालकृष्ण खाँण पनि यस बिषयमा तानिने भएपछि कम्फरटेवल सरकारको प्रमुखलाइ सकस पर्नु स्वभाविक नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर