एक साताभित्रै भ्रातृ संगठन र विभागहरुलाई पूर्णता दिने कांग्रेसको निर्णय – Nepal Press

एक साताभित्रै भ्रातृ संगठन र विभागहरुलाई पूर्णता दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई एक साताभित्रै पूर्णता दिने गृहकार्य थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले बैशाख २८ र २९ मा केन्द्रीय कार्य समिति बैठक बसेर टुंगो लगाउने समझदारी बनाएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्य समिति बैठक बसेर नेविसंघ, तरुण दललगायत भ्रातृ संगठनलाई पूर्णता दिने गृहकार्य थालिएको बताए ।

उनले विभागहरुको गठन पनि यही बैठकबाट हुने बताए । महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै नेताहरु तानिए पनि निष्पक्ष अनुसन्धानमा सघाइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर