‘पोको एक्स ५ प्रो ५ जी’ दराजमा, कति पर्छ मुल्य ? – Nepal Press

‘पोको एक्स ५ प्रो ५ जी’ दराजमा, कति पर्छ मुल्य ?

काठमाडौं । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले ‘पोको एक्स ५ प्रो ५ जी’ दराज नेपालमा प्रि-बुकिङ खुलाएको छ ।

वैशाख २८ गते बाट बजारमा उपलब्ध हुने पोको दराजमा लन्च हुने जनाइएको छ । कम्पनीले वैशाख २२ देखि २७ गतेसम्म दराजमा प्रि–बुकिङ खुल्ला गरेको छ ।

उक्त मिड–रेन्ज एक्स सिरिजमा ५ हजार एमएच ब्याट्री, ६७ वाट फास्ट चार्जिङ, फ्ल्यागशिप-स्तरको १०८ एमपी सेन्सर प्रोफेसनल अल्ट्रा–हाई रिजोल्युसन जसले राती अँध्यारोमा समेत डिटेल तथा कलरहरू फोटोग्राफीको इमेज सिग्नल प्रोसेसर आइएसपी प्रति सेकेन्ड दुई गिगापिक्सेल र १२ टप्स ४ को एआइ पर्फोर्मेन्स रहेको कम्पनीले बताएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘हामीले गर्ने सबै कुरा उपभोक्ताहरूमा केन्द्रित रहेको छ । हाम्रो लक्ष्य नवीनतम प्रविधिका स्मार्टफोन उचित मूल्यमा उपलब् ध गराउनु हो। हाम्रो यही मूल दर्शन झल्काउने पोको एक्स प्रो ५ जी स्मार्टफोन उद्योगमा एक वास्तविक गेम चेन्जर बन्न सक्छ । सोसल मिडिया स्क्रोलिङ र गेमहरूको लागि १२० एचजेड फ्ल्यागशिप-स्तरको रिफ्रेस रेटको साथ नवीनतम एमआयुआइ १४ को स्टोरेज अप्टिमाइजेसन सहित यस पोको फोनमा प्रयोगकर्ताहरूले अझ बढी छरिदो पर्फर्मेन्सको मजा लिन सक्छन् ।’

तीन रंगहरूमा उपलब्ध पोको दुइवटा स्टोरेज भेरियन्टमा उपलब्ध रहेको स्मार्टफोनको मुल्य ३९ हजार ९ सय ९९ र ४२ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर