सिन्धुपाल्चोकमा अन्तरपालिका स्तरीय भलिबल सुरु


सिन्धुपाल्चोक । लामोसाँघु युवा क्लबको आयोजनामा सिन्धुपाल्चोकको लामोसाँघुमा आजदेखि सिन्धु अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहका ९ टिमको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले गरेका थिए । प्रतियोगिता वैशाख २४ गतेसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल मेलम्ची नगरपालिका र बलेफी गाउँपालिकाबीच भएको थियो । मेलम्चीले बलेफीलाई सोझो सेटमा नै पराजित गर्दे आफ्नो समूहको विजेता भएको छ ।
प्रतियोगीतामा प्रथम हुने टिमले नगद एक लाखसहित ट्रफी प्राप्त गर्नेछन् । कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।