हेलिकप्टर दुर्घटना एकजनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो (अपडेट) – Nepal Press

हेलिकप्टर दुर्घटना एकजनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो (अपडेट)

विराटनगर । संखुवासभाको भोटखोला-४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय ५० वर्षीय भविन गुरुङको मृत्यु भएको संखुवासभाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

उनको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउएका थिए । दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर घाइते भएका छन् । घाइते चार जनालाई काठमाडौं लगिएको उनले बताए ।

दिउँसो भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर