महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुस लिएको आरोपमा बानेश्वरबाट पक्राउ – Nepal Press

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुस लिएको आरोपमा बानेश्वरबाट पक्राउ

काठमाडौं । महोत्तरी जिल्ला प्रहरीमा कार्यरत लेखापाल विनोद विष्ट २ लाख रुपैयाँ घुस लिएको आरोपमा नयाँ बानेश्वरबाट पक्राउ परेका छन् ।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक लिएको अवस्थामा एक रेस्टुरेन्टबाट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार सेवाग्राहीसँग भवन निर्माण सम्बन्धी विषयमा घुस लिएको अवस्थामा उनी पक्राउ परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर