पाइलटसहित गम्भीर घाइते दुईजनालाई काठमाडौं ल्याइँदै, दुईजना हाम्फालेर जोगिए – Nepal Press
सिम्रिक हेलिकप्टर दुर्घटना

पाइलटसहित गम्भीर घाइते दुईजनालाई काठमाडौं ल्याइँदै, दुईजना हाम्फालेर जोगिए

काठमाडाैं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्दार गरेर काठमाडौं ल्याइदै छ ।

घटनास्थल रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास गुरुङले थप दुईजनालाई सामान्य चोटपटक लागेको बताए ।

गुरुङका अनुसार हेलिकोप्टरमा पाइलट पौडेलसहित टिम मेम्बर छिरिङ भोटे, स्थानीय भविन गुरुङ र विक्रम (थर नखुलेकाे) स्थानीय सवार थिए । भाटे र विक्रमले हेलिकोप्टरबाट हाम्फालेर ज्यान जोगाएको गुरुङले जानकारी दिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

पौडेलसहित गम्भीर घाइते दुईजनालाई नेपाली सेनाले सिम्रिक एयरको हेलिकोप्टरले उद्दार गरेर काठमाडौं ल्याइरहेको उनले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर