चीन: पत्रकारलाई जेल हाल्नेमा पहिलो, प्रेस स्वतन्त्रतामा अन्तिमबाट दोस्रो – Nepal Press

चीन: पत्रकारलाई जेल हाल्नेमा पहिलो, प्रेस स्वतन्त्रतामा अन्तिमबाट दोस्रो

काठमाडौं । पत्रकारहरुलाई जेल हाल्ने विश्वका राष्ट्रहरुमध्ये चीन पहिलो नम्बरमा रहेको छ । गत वर्षमात्र चीनले १०० जनाभन्दा बढी पत्रकारलाई जेल हालेको जनाइएको छ ।

प्रेस फ्रिडम ग्रुपलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसियट प्रेसका अनुसार सी जिनपिङ नेतृत्वको सरकारले समाजमा बढी पकड जमाउन पत्रकारहरुलाई जेल हाल्ने गरेको छ । यतिमात्र नभएर ‘प्रोपोगान्डाँ फैलाउने सामग्रीहरुमा पनि चीन अगाडि रहेको छ ।

विश्व प्रेस स्वतन्त्रता सूचीमा चीन अन्तिमबाट दोस्रो नम्बरमा रहेको छ । अन्तिममा उत्तर कोरिया रहेको छ । चीनका मिडिया हाउसहरु पहिलादेखि नै सत्तारुढ कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहँदै आएका छन् । सामाजिक सञ्जाल तथा अन्य वेबसाइट पनि चीन सरकारको सेन्सरसिपविना चलाउन पाइँदैन ।

यस्तै इन्टरनेट नियन्त्रण प्रणालीमा बेइजिङ संसारकै सबै भन्दा अगाडि रहेको बताइन्छ । जसको माध्यमबाट चिनियाँ जनतालाई विदेशी समाचार आउटलेटहरुको समाचार फिल्टर गर्ने गरिएको रिपोर्टमा उल्लेख छ ।

चीन सरकारले जेल चलान गर्ने अधिकांश पत्रकारहरुलाई जासुसी गरेको, सूचना चुहाएको, द्वन्द्व भड्काउने प्रयास गरेकोलगायतका अस्पष्ट आरोपहरु लगाउने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर