मान्छेको दिमाग पढ्ने खोजमा लागे वैज्ञानिक – Nepal Press

मान्छेको दिमाग पढ्ने खोजमा लागे वैज्ञानिक

काठमाडौं । पछिल्ला दिनमा आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) को क्षेत्रमा अनुसन्धान तथा नवीनतम प्रयोग बढ्दो छ । यसै सिलसिलामा एआई टुल च्याट जीपीटीको लोकप्रियता तथा अनेक कोणबाट बहस भइरहँदा टेक्सस विश्वविद्यालयले एक पृथक अनुसन्धान थालेको छ ।

टेक्सस विश्वविद्यालयले कुनै पनि मानिसले केही कुरा सुन्दा आफ्नो मस्तिष्कमा के कुरा कल्पना गरेको छ भन्ने विषयलाई ‘टेक्स्ट’ को माध्यमबाट उतार्न मिल्ने एआई आधारित प्रविधि विकासका लागि अनुसन्धान सुरू गरेको हो । उक्त प्रविधिलाई ‘सिमेन्टिक डिकोडर’ भनिएको छ ।

यो प्रविधिमाथिको अनुसन्धान सफल भए मानसिक रूपमा सचेत तर शारीरिक रूपमा बोल्न नसक्ने व्यक्तिहरूका लागि फलदायी हुने अपेक्षा गरिएको अध्ययन रिपोर्टमा उल्लेख छ । नेचर न्यूरोसाइन्स जर्नलका अनुसार यस प्रविधिको अनुसन्धानको नेतृत्व न्यूरोसाइन्स र कम्प्युटर विज्ञानका सहायक प्राध्यापक एलेक्स हुथले गरेका छन् ।

ओपन एआईको च्याटजीपीटी र गुगलको बार्डमा प्रयोग हुने ट्रान्सफर्मर मोडलमै यस प्रविधिक अनुसन्धान अगाडि बढेको जर्नलमा उल्लेख छ । विकासको क्रममा रहेका अन्य ‘ल्याङ्गुएज डिकोडिङ सिस्टम’ भन्दा फरक यस प्रविधिमा विषयहरूलाई ‘सर्जिकल इम्प्लान्ट’ ( शल्यकृया प्रत्यारोपण ) गर्न नपर्ने जनाइएको छ ।

मानव मस्तिष्कका गतिविधिहरूको मापन गर्नका निमित्त यसमा एफएमआरआई स्क्यानर प्रयोग गरिनेछ । यस प्रविधिले मानव मस्तिष्कका गतिविधिलाई हुबहु ‘टेक्स्ट’ मा उतार्ने नभई कुराहरुको सारतत्वलाई टेक्स्टको रूपमा उतार्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर