बजेटको चटारो : अर्थ मन्त्रालयमा सीसीटिभीको अवस्था कस्तो छ ?


काठमाडौँ । अर्थ मन्त्रालयले अहिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गरिरहेको छ । ६ जना सहसचिवको बजेट मस्यौदा लेखन समितिले बजेटको मस्यौदा धमाधम कोरिरहेको छ ।
चालू आर्थिक वर्षको (२०७९/८०) बजेट व्यापक विवादित बनेको थियो । विवादित बजेटमा सीसीटिभीले समेत व्यापक चर्चा पाएको थियो ।
बजेट सार्वजनिक हुनु अघिल्लो दिन करको दरमा हेरफेर गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको वास्तविकता पत्ता लगाउन सीसीटिभी फुटेजको माग अध्ययन समितिले गरेको थियो तर पछि फुटेज नै गायब भएपछि त्यसको व्यापक आलोचना भएको थियो ।
अहिले पनि बजेट बन्दै गरेको अवस्थामा अर्थ मन्त्रालयको सिसिटिभीको अवस्था कस्तो होला भन्ने चासो देखिएको छ ।
हामीले अर्थ मन्त्रालयका एक जना उपसचिवलाई सीसीटिभीको अवस्था कस्तो छ ? भनेर सोधेका छौँ । ती उपसचिवले सीसीटिभी सबै कन्डिसनमा रहेको जानकारी दिएका छन् । साथै उक्त सीसीटिभीको स्टोरेज क्षमता ९० दिनको रहेको ती उपसचिवले बताए ।
अर्थ मन्त्रालयको बागडोर डा. प्रकाश शरण महतले सम्हालेका छन् । १६ खर्ब ८८ अर्बको बजेटको सिलिङ पाएको अर्थले त्यसैभित्र रहेर बजेट निर्माण गरिरहेको जनाएको छ। स्रोतमा सकस परेको अवस्थामा सानो आकारको बजेट आउने अर्थमन्त्री स्वयमले स्पष्ट पारिसकेका छन् ।
विनोद चौधरीको घरबाट बजेट प्रभावित नहोस् cctv फुटेज नहराओस्