यस्तो रहनेछ आजको मौसम


काठमाडौं । पश्चिमी वायु साथै स्थानीय वायुको केही दिनदेखि प्रभाव जारी छ ।
अहिले गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनीका पहाडी भू-भागका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
देशका पहाडी केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना साथै वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।