बढुवामा छुटेपछि राजीनामा दिएका आभुषणलाई बहालवाला एसपीले भने- हतारमा निर्णय गर्दा पछुताउनु पर्ला


काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरिक्षक-एसएसपीका लागि बढुवामा छुटेपछि राजीनामा दिएका आभुषण तिम्सिनाको निर्णयलाई लिएर उनको पक्ष विपक्षमा टिप्पणीहरु भइरहेको छ ।
नेपाल प्रहरीको इतिहासमा सायद पहिलोपटक हुनुपर्छ– बहालवाला प्रहरी नै यस्ता विषयमा खुलेर बोलिरहेका छन् । सोमबार एसपी राजकुमार सिलवालले सामाजिक सन्जालमा लामो स्टाटस लेखेर आभुषणलाई निर्णय फिर्ता लिन सुझाव दिएका छन् ।
२०५६ सालमा भर्ना हुँदा आफ्नो ब्याचको पहिलो नम्बरमा रहेका आभुषण सोही ब्याचबाट केही दिनअघि भएको बढुवा सिफारिसमा छुटेका थिए । उनी १८ जनाको सूचीमा अँटाउन सकेका थिएनन् ।
आभुषणको पक्षमा बोल्नेहरु प्रहरीको बढुवामा कार्य सम्पादनभन्दा पनि पैसा र शक्ति केन्द्र हावी भइरहेको टिप्पणी गरिरहेका छन् । बढुवमा छुटेका अर्का एसपी नान्तिराज गुरुङले कार्य सम्पादन मुल्यांकन सार्वजनिक गर्न नै चुनौती दिइरहेका छन् ।
तर पछिल्लोपटक आभुषणले राजिनामा दिएपछि व्यावशायीक अधिकृतहरु पनि सार्वजनिकरुपमा बोल्न थालेका छन्। २०५८ सालमा प्रहरी निरिक्षकबाट भर्ना भएका सिलवालले आभुषणलाई राजिनामा आवेगको निर्णय हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘के यो अध्यायको विचबाटै निश्के पश्चात स्वभाविक सुरु हुने अर्को अध्याय सफल नै हुन्छ वा तपाईले सोचे जस्तै हुन्छ भन्ने कुराको ज्ञारेन्टि छ तपाईसँग ?’
उनले पटकपटक असफल भएर पनि मैदानमै बसेर सफलता प्राप्त गरेका पात्रहरुलाई सम्झन पनि सुझाव दिएका छन् ।
दलका नेताले पैसा खाएर बढुवा गर्दा राम्रा, योग्य पाखा लगाईए । धेरै गफ र फुर्तिका कुरा गर्ने काजि त मन्त्री छन् । हिम्मत छ र तिमीले पैसा खाएका छैनौ भने ल यो बढुवाको छानविन गराएर निस्पक्ष बनाउ त । होईन भने बढुवा हुनेसँग तिमीले पैसा खाएको प्रमाणित हुन्छ । बढुवामा निर्णय गर्नेदेखि गृहका सचिवसम्म र मन्त्री काजिको सम्पत्ति अख्तियारले छानविन गरेर कारवाही गरोस् ।
नेताहरुका अण्डकोष मल्न र पैसा का बिटा बुझाउन सक्ने हुनुपरो बढुवा हुनलाइ । त्योभन्दा त राजीनामा १०० गुणा उत्तम।