विदेशी इष्टमित्रबाट पाएको उपहार ५०० डलरसम्म साट्न पाइने – Nepal Press

विदेशी इष्टमित्रबाट पाएको उपहार ५०० डलरसम्म साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी इष्टमित्रबाट पाएको उपहार ५०० डलरसम्म साट्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने एकीकृत परिपत्र ०९/२०७९ को दफा २ (ज) बमोजिम अधिकतम अमेरिकी डलर ५०० सम्म मात्र सटही गर्न सकिने बताएको छ ।

नेपाली नागरिकसँग अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लेखित सम्पूर्ण रकम) को खरिद कारोबार गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यसअघि ५ सय वा सो बराबरको अमेरीकी डलरमात्र कारोबार गर्न सक्ने व्यवस्था थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर