पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी – Nepal Press

पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी

काठमाडौं । नेपालमा ई-स्पोर्ट्स पूर्वाधार बनाउन पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी भएको छ ।

आइतबार सहकार्यको महत्त्वलाई जोड दिँदै मोबाइल गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र गेमिङको जोसलाई अझै सशक्त रूपमा पूरा गर्न नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक रहेको वर्ल्डलिङ्कका सीईओ केशव नेपालले बताए ।

साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने र गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।

वर्डलिकं र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभूतपूर्व कदमको रूपमा लिएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *