स्मार्ट म्यारेन्टिङको ‘बालबालिकाका लागि योग’ विषयक अन्तर्क्रिया सम्पन्न


काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘बालबालिकाहरुको लागि योगको महत्व’ विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भएको कार्यक्रममा पतन्जली योगपिठका योग गुरु शिव प्रसाद वस्यालले बालबालिकाहरुलाई योग किन अवाश्यक छ भन्ने विषयमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरेका थिए ।
योग गुरु वस्यालले योगले बालबालिकाहरुको क्रोध, तनावहरुलाई कम गर्ने, स्मरणशक्ति, एकाग्रता एमव् आत्मविश्वास बढाउने साथै शारिरिक, मानसिक, भावनात्मक लगायत उनीहरुको सर्वांगीण विकासमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बालबालिकाहरुलाई गराउन सकिने सहज योगका विधिहरु पनि सिकाइएको थियो । वस्यालले अभिभावकहरुको जिज्ञासा पनि सम्बोधन गरेका थिए ।
बालबालिकाहरुको समष्टिगत विकासको निम्ति अभिभावकहरुमा अभिभावकीय सीप अनि कलाको विकास गरेर यसको महत्वलाई प्रवर्द्धन गर्ने हेतुले स्मार्ट प्यारेन्टिङ्ग नेपालले हरेक महिनाको दोस्रो शनिबार अभिभावकीय ज्ञानवृद्धिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु निःशुल्क रुपमा गर्दै आएको छ ।