वैदेशिक रोजगार व्यवसायी संघको सय दिन : कामदारको समस्या समाधानदेखि जापान पठाउने सूचीकरणसम्म


काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघकाे नयाँ कार्यसमितिले आफ्नो सय दिनको कार्य विवरण सार्वजनिक गरेको छ । कार्यसमितिका राजेन्द्र भण्डारीले संघले सय दिनमा गरेको काम र आगामी योजना सार्वजनिक गरेका छन् ।
आज पत्रकार सम्मेलन गरेर संघले कामबारे जानकारी दिएको हो । जसमा संघले जापान कामदार पठाउन सूचीकरण सुरु गरेको अध्यक्ष भण्डारीले जनाए ।
भण्डारीले आफू अध्यक्ष बनेपछि व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हक हितका लागि काम गरिरहेको बताए ।
‘अहिले फ्रि भिसा र फ्री टिकटको व्यवस्था छ । अब त्यसमा केही सेवा शुल्क थप्ने गरि संघले काम गरिरहेको छ । अहिले फ्रि भिसा र फ्रि टिकट भएको बेला कुनै व्यवसायीले आफु खुसी पैसा उठाएकाले श्रमिकको १ महिनाको तलब बराबर सेवा शुल्क लिने कानून बनाउन लागिरहेको छु’, उनले भने, ‘अहिले केही मेनपावर व्यवसायीले आफु खुसी शुल्क लिरहेका छन् । १ महिनाको तलव बराबार शुल्क लिने व्यवस्था भएपछि श्रमिक र सरकार दुवैलाई फाइदा हुन्छ । युरोपमा पनि १ महिनाको सेवा शुल्क नै लिने गरि बैधानीक बाटोबाट रोजगारीमा पठाउने सरकारसँग पहल सुरु भएको छ ।’
संघले यस अवधिमा २२ काम र आगामी दिनमा गर्ने २० बुँदे योजनासहित सार्वजनिक गरेको हो । जसमा व्यवसायी, श्रमिक र सरकारलाई फाइदा हुने योजनाहरु प्रस्तुत छन् ।
यस्ता छन् महत्वपूर्ण उपलब्धि:
– सय जना कामदारको समस्या समाधान गर्न पहल
– सेवा शुल्क परिमार्जन गर्न मन्त्रालयमा मागपत्र पेश
– मागपत्र प्रमाणीकरण सम्बन्धि समस्या समाधान गर्न पहल
– पटक पटक विज्ञापन गर्नु पर्ने व्यवस्थाको अन्त्य
– वैदेशिक रोजगार व्यवसायी कोष संचालन सम्बन्धि मापदण्ड, २०७९
– नेपालस्थित साउदी अरवको दुतावाससँग सम्बिन्धित समस्या समाधान गर्न पहल
– मलेसियाका समस्या बारे मलेसियन गृह मन्त्रीलाई ध्यानाकर्षण
– व्यवसायीका समस्या समाधान गर्न समिति गठन
– व्यवसयी उपर परेका उजुरी फरफारक
– ऐन कानून संशोधनका लागि सुझाव पेस
– जापान कामदार पठाउन सूचीकरण
– व्यवसायीलाई क्षमता अभिवृद्धि तथा प्रशिक्षण लगायत रहेका छन्
यस्ताे छ कार्य विवरण