यसरी थुनिएको थियो अरुण, ओभर फ्लो भएर बग्न थाल्यो (तस्बिरहरू)


काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको टनेलमा सुख्खा पहिरो खस्दा थुनिएको अरुण नदी ओभर फ्लो भएर ड्याम माथिबाट बग्न थालेको छ ।
मकालु गाँउपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने दोभानमा ८ घण्टा अघिबाट अरुण नदी थुनिएको थियो । नदी थुनिएसँगै आसपासका वासिन्दामा त्रास छाएको थियो ।
मकालु गाउँपालिकाको दोभानमा अरुण नदीमा ७० फिट अग्लो ड्याम बनाएर अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङतर्फ पानी ल्याइएको थियो ।
सुरुङमा सुख्खा पहिरो खसेपछि नदी थुनिएको मकालु गाँउपालिकाका अध्यक्ष ओङदीछिरिङ शेर्पाले नेपाल प्रेसलाई बताए । सुरुङतर्फको भाग नखुलेपनि ड्याममा ओभर फ्लो भएर पानी बग्न थालेको शेर्पाले जानकारी दिए ।
उनका अनुसार अरुण थुनिँदा मकालुको दोभानभन्दा दूई किलोमिटर उत्तरसम्म पानी फैलिएको छ । पानी ओभर फ्लो भएर बग्न थालेकाले जोखिम केही कम भएको शेर्पाको भनाई छ ।
तस्बिर स्रोत : वाङछेदर लामा, अध्यक्ष भोटखोला गाउँपालिका संखुवासभा