महावीर पुनको व्यंग्य : जनताहरु सुतिरहनुहोस् र सरकारलाई मज्जाले सुत्न दिइरहनुस्, के होला र !


काठमाडौं । सरकारसमक्ष विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले जनताहरु जाग्नुपर्ने आशय व्यक्त गरेका छन् ।
उनले आज रातभर आफ्ना सहयोगी र समर्थकसहित माइतीघरको सडकमै सुतेर विरोध जनाउँदै जनताहरु सुतिरहन नहुने टिप्पणी गरे ।
सामाजिक सञ्जालमा केहीबेर अघि स्टाटस लेख्दै उनले आफूहरु माइतीघर मण्डलाको सडकमा रातभर सुतेर उठेको भन्दै जनताहरु सुतिरहे नेपाल त नरहला पृथ्वी त रहला नि भन्ने व्यंग्य गरेका छन् । ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ’, उनले लेखेका छन्, ‘जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनुहोस्, के त होला र ? केही चिन्ता छैन हद भए यही नेपाल त जाला पृथ्वी त रही रहन्छ नि ।’
तस्बिर : गाैरव पाैडेल