धरानका मेयर हर्क साम्पाङलाई व्यवहार सच्याउन पत्रकार महासंघको आग्रह


विराटनगर । धरानका मेयर हर्क साम्पाङलाई नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकारहरूसँग गरिने अमर्यादित व्यवहार सच्याउन आग्रह गरेको छ ।
महासंघले साम्पाङको व्यवहार प्रति आपत्ति जनाउँदै व्यवहार सच्याउन आग्रह गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै वैशाख १४ गते कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार खिलानाथ विश्वकर्मासँग गरिएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मेयर साम्पाङसँग प्रश्न गर्दा ‘तपाईँ कुन पार्टीको पत्रकार’ भनेर सोधिनु आपत्तिजनक, प्रेस स्वतन्त्रता माथि नै प्रहार भएको जनाएको छ । पत्रकारहरू साथै मिडिया हाउसप्रति गरिने अमर्यादित व्यवहार सच्याउन मेयर साम्पाङ लाई आग्रह गरेको छ ।
मेयर जस्तो गरिमामय पदका व्यक्तिले सञ्चार क्षेत्रप्रति नकारात्मक सन्देश दिने गरेकाले सञ्चारकर्मी असुरक्षित हुनसक्ने अवस्था सिर्जना गर्ने कुरामा महासङ्घले चिन्ता प्रकट गरेको छ ।
महासंघका सचिव ध्रुव ढकालले जारी गरेको विज्ञप्तिमा मेयर साम्पाङको व्यवहार एवं कार्यशैलीले कुनै पनि बेला अप्रिय घटना निम्त्याउन सक्ने भन्दै त्यस्तो घटना भएमा ‘त्यसको जिम्मेवारी स्वयंले लिनुपर्ने महासङ्घ जिल्ला शाखा प्रस्ट पार्न चाहन्छ’ भनिएको छ ।
पार्टीको पत्रकारिता सम्बन्धी जनवर्गीय संगठनहरु छन्, त्यसमा सदस्य भएकालाई तपाई कुन पार्टीको भनेर सोध्दा के बिग्रन्छ के? कोठी खोलेर यौनब्यावसाय गरेपछि कसैले रण्डी भन्यो भनेर रुवाबासी गर्न मिल्छ र? बन्द गर न पत्रुकार तिम्रा राजनैतिक-कोठी अनि कसैले सोध्दैन तिम्रो आस्था!
Dharan ma khyal thatta garda gardai yek din apriya ghatna hunna vanna sakinna hai….milera agadi badha toori ho…yekai palta jadu garxu vanera pani hunna bistarai huni ho…