संघीय संसदको हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य – Nepal Press

संघीय संसदको हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य

काठमाडौं । संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको वैशाख १२ गतेको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन आजै मध्यरात १२ बजेदेखि अन्त्य हुने राष्ट्रपति भवनबाट जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *