एमालेका सांसद कोइरीको विषयमा संसदमा विवाद, बैठक आधा घण्टाका लागि स्थगित

२०८० वैशाख १५ गते १७:२८

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सांसद कोइरी बिरामी भएको सुचना सभामुख देवराज घिमिरेले पढेर सुनाएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
उनी लगातार २१ औं बैठकमा अनुपस्थित छन् । एमालेबाहेक सबै दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक आधि घण्टाको लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया