शिक्षामन्त्रीलाई क्रान्तिकारी पवन कार्की समूहले बुझायो ३७ बुँदे माग


काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी पवन कार्की समूह शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालर्यलाई ३७ बुँदै मागसहित ज्ञापन पत्र बुझाएको छ । बुधबार पवन कार्की समूहले शिक्षामन्त्री अशोक राईलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
आजसम्म पनि नेपालको शिक्षाले नेपाली माटोको पहिचान गर्न नसकेकाले शिक्षा क्षेत्रका तमाम बिषय वस्तुको समाधान गर्नका लागि नेपाल सरकार समक्ष क्रान्तिकारीले मागहरु पूरा गर्न ज्ञापनपत्र बुझाएको संयोजक पवन कार्कीले बताए ।
‘राजनैतिक व्यवस्था त परिवर्तन भयो तर नेपालको शैक्षिक व्यवस्थाको प्रणालीमा खास परिवर्तन हुन सकेको छैन । आज पनि शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिन सकेको छैन । एकातिर शिक्षामा विभेद, असमानता,व्यापार बढ्दो क्रममा रहेको छ भने अर्कातिर आफ्नो देशको निश्चित योजनाको अभावमा बेरोजगार उत्पादन गर्ने फ्याक्ट्रीका रुपमा नेपाली शैक्षिक संस्थाहरू परिणत भैरहेका छन् । गरीव जनताका छोराछोरीहरू महंगो शुल्कका कारण शिक्षाबाटै बञ्चित हुनु परेको छ । ’ ज्ञापनपत्रमा उल्लेख छ ।
नेपालको भूगोल कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सहितको पाठ्यक्रम तत्काल लागू गर्नु पर्ने,आङ्गिक क्याम्पस भित्र संचालित महंगो शुल्कका प्राइभेट कार्यक्रमहरुलाई सस्तो शुल्क, विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा हुने नियुक्तीहरुमा दलगत रुपमा हुने गरेको राजनैतिक भागवण्डाको खारेजी गरी खुल्ला प्रतिस्प्रधा द्वारा दक्ष र सक्षम जनशक्तिको नियुक्ती गर्नुपर्ने लगायतका ३७ वटा मागहरु पुरा गर्न आग्रह गरेको छ । यी मागहरु पूरा नभए आन्दोलनको कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ।