सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०८० वैशाख १३ गते ११:२५

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रूपैयाँ बढेर १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ९ हजार ५ सयमा कारोबार भइरहेको थियो ।
यस्तै मंगलबार १ लाख ९ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।
चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया