रामप्रसाद न्यौपानेको प्रश्नः एमालेले यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई हँ ?


हेटौंडा । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो पार्टी एमालेले देशको भलो बाहेक के कुभलो गरेको छ भन्दै प्रश्न गरेका छन् ।
हालै सम्पन्न उपनिर्वाचन अन्तर्गत चितवन–२ बाट उम्मेदवार बनेर पराजित बनेका न्यौपानेले यस्ताे प्रश्न गरेका हुन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले निर्वाचन जित हार स्वाभाविक लिनुपर्ने बताउँदै एमाले नेतृत्व सरकारले गरेका कामहरु स्मरण गराएका छन् ।
उपनिर्वाचनमा एमालेको पराजयको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरिरहेको बेला उम्मेदवार न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘मित्रहरू, निर्वाचन हो, जितहार स्वाभाविक लिनुपर्छ । तर एउटा सत्य कुरा बुझिराख्नुहोला एमालेजनले –नेकपा एमालेले यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई हँ ?’
‘सामाजिक सुरक्षा भत्ता ल्यायो ? चुच्चे नक्सा कसले जारी गर्यो रु कालापानी फिर्ता ल्यायो, नाकाबन्दी हटायो, चिनसँग पारवहन सम्झौता गर्यो, सुरुङ युग सुरु गर्यो, भुकम्पको पुनर्निर्माण गर्यो यस्ता हजारौ कामहरु छन जुन एमालेले गरेको छ तर हामि नै भन्न सक्दैनौ ।’ न्यौपानेले भनेका छन्, ‘महिलाको ३३५ अधिकार कस्ले ल्यायो ? अहिले विधार्थीहरुले यातायातमा पाइरहेको ४५५ छुट कस्ले ल्यायो ? गाउँहरुमा करोडौ बजेट पुर्याउने सुरुवात कस्ले गर्यो ? विदेशबाट फर्कने युवालाई सहुलियत ऋण दिने शुरूवात कसले गर्यो ? युवा परिषद् कस्ले स्थापना गर्यो ? ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान कसले शुरू गर्यो ’
न्यौपानेले अरूको लहलहैमा लागेर अनावश्यक कुराहरुमा नवहकिन अनुरोध गरेका छन् ।
‘अरूको लहलहैमा लागेर अनावश्यक कुराहरुमा नवहकिउ । यो देशमा केहि गर्छ भने एमालेले गर्छ अरु सबै भ्रम हुन, एउटा माघले जाडो जादैन हजुर !!!’ न्यौपानेले भनेका छन् ।
यसअघि आजै बिहान चितवन–२ मा भारी मतान्तरका साथ विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई एमालेका उम्मेदवार न्यौपानेले बधाई तथा शुभकामना दिएका थिए ।
लामिछानेलाई बधाई दिँदै न्यौपानेले जित हार स्वभाविक भएको भन्दै आफू निरन्तर चितवनको विकासमा साथ रहने बताएका थिए । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रास्वपाका सभापति समेत रहेका लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका थिए ।
उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका थिए भने एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका थिए ।