धनुषामा ७ लाख ७१ हजार नक्कली नोटसहित महिला पक्राउ (भिडिओ)

२०८० वैशाख १२ गते १८:०५

जनकपुरधाम । लाखौं नक्कली नेपाली रुपैयाँसहित धनुषा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेह नगरपालिका– ६ बेलापट्टीकी अनुकुमारी साह रहेकी छन् ।
जनकपुरधामको जिरोमाइल क्षेत्रबाट पक्राउ परेकी उनको साथबाट ७ लाख ७१ हजार ५०० नक्कली नेपाली रुपैयाँ बरामद गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
एक हजार दरको ४९२ थान र ५०० दरको ५५९ थान नक्कली नेपाली नोटसहित उनी पक्राउ परेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सुर्खेत तिर पनि रु पचासको नोट समेत नक्कली पाइएको छ।
रु १००० र ५०० का नोट दिनहु जसो भेटिन्छन तर कसैलाई
समातिएको पाइएको छैन।