नबिलले बैंकले ल्यायो लाइफ टाइम फ्री क्रेडिट कार्ड – Nepal Press

नबिलले बैंकले ल्यायो लाइफ टाइम फ्री क्रेडिट कार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ ।

बैंकले ग्राहकलाई पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको जनाइएको छ । क्रेडिट कार्डका ग्राहकलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्क नलाग्ने बैंकले बताएको छ ।

कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ । कार्डले सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् । उनले भनिन् , ‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’

बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकले कार्डका लागि आवेदन दिन सक्ने र कार्डका लागि आवेदनका लगी बैंकको वेबसाइटमा गएर वा शाखामा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर