लुम्बिनी प्रदेशसभा भवनः भित्र सरकार बचाउने मतदान, बाहिर निर्माणको भुक्तानी माग्दै व्यवसायीको प्रदर्शन – Nepal Press

लुम्बिनी प्रदेशसभा भवनः भित्र सरकार बचाउने मतदान, बाहिर निर्माणको भुक्तानी माग्दै व्यवसायीको प्रदर्शन

रुपन्देही । दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवनमा सोमबार रोच दृश्य देखा पर्यो । भवनभित्र सरकार जोगाउने र ढलाउने विषयमा मतदान भइरहेका बेला बाहिर गेटमा भने निर्माण व्यवसायीले धर्ना दिइरहेका थिए । उनीहरुले सोही निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका थिए ।

सोमबार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको विश्वासको मतमाथि प्रदेश सभाभित्र मतदान भइरहँदा प्रदेशसभा भवन बाहिर भने निर्माण व्यवसायीहरुले भुक्तानी माग गर्दै प्रदर्शन गरेका थिए।

प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना वितिसक्दा पनि भवन निर्माण गरेका निर्माण व्यवसायीले भने भुक्तानी पाएका छैनन्। निर्माण व्यवसायीहरुले प्रदेशसभा भवन निर्माण, मन्त्रालय व्यवस्थापन एवं कर्मचारीहरुको निवास लगायत व्यवस्थापन गरेवापतको १२ करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएका छन्।

सोमबार निर्माण व्यवसायीहरु सुरेश घिमिरे, शरद गिरी, मुक्त जिसी, राजेन्द्र श्रेष्ठ, अभिनास भट्टराई, हिमाल अधिकारीलगायतले भुक्तानी पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरुले पहिलो दिन सांकेतिक रुपमा प्लेकार्डसहित प्रदर्शन गरेको र भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

निर्माण व्यवसायीहरुले भुक्तानी खोई, मजदुरलाई काम कजाई छ नेताहरुलाई रजाई छ, भुक्तानीमा टार्न पाईदैन निर्माण व्यवसायीलाई मार्न पाईदैन, नेताहरु आफूलाई मासुभात मजदुरको पेटमा लात जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर