सुरु भयो एनएनटीभीको औपचारिक प्रशारण – Nepal Press

सुरु भयो एनएनटीभीको औपचारिक प्रशारण

काठमाडौं । नेपाली टेलिभिजनको दुनियाँमा एक नयाँ टेलिभिजन थपिएको छ । नेपाल नेटवर्क टेलिभिजन (एनएनटीभी) को आइतबार औपचारिक शुभारम्भ गरिएको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रममा राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, सञ्चार प्रतिष्ठानका प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, मोहन बस्नेत, सांसदहरु रघु पन्त, रामहरि खतिवडालगायतको उपस्थिति थियो ।

डीएआर ग्रुपले सञ्चालन गरेको टेलिभिजनको अध्यक्ष रमा दाहाल हुन् । स्वस्ती वाचनबाट सुरु भएको कार्यक्रममा ‘कुटुम्ब’ले आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो ।

नेपाल नेटवर्क टेलिभिजनले अबका दिनमा निरन्तर प्रशारण गर्ने कार्यक्रमहरु घोषणा गरिएको कार्यक्रममा प्रबन्ध निर्देशक श्याम धितालले जानकारीमूलक कार्यक्रमलाई मुख्य स्थान दिँदै रियालिटी शोसँगै अन्य सूचनामूलक कार्यक्रम प्रशारण गर्ने बताए ।

दर्शकहरुको रुचिअनुसार कार्यक्रम निर्माणमा जोड दिने उनको भनाइ थियो ।

टेलिभिजनमा वर्ल्ड टेलिभिजन प्रिमियर, टेली चलचित्र अड्डा कचहरी, सर्खारको सर, सिसा, नरिसाउनुस् है, रियालिटी शो ‘दोहोरी आइडल’, ऐना, आम्मा कसम यहाँ दुख्छ, सेभेन डेज सुपर च्यालेन्जसँगै आरोग्यम, जीवन मन्त्र, अटोमान्डू, सद्धर्म, एम क्युब, धरातल, मेडिकल, एकादेशमा र बालबालिकाको लागि विशेष यिनी र मिनीलगायतका कार्यक्रम प्रशारण गरिने घोषणासमेत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *