दुई सयले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

२०८० वैशाख ११ गते ११:१६

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै तेजाबि सुन आज प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर