निर्वाचन शान्तिपूर्ण, बारा मतदानमा असम्बन्धित आएको भन्दै पक्राउ परेकालाई छाड्ने तयारी – Nepal Press

निर्वाचन शान्तिपूर्ण, बारा मतदानमा असम्बन्धित आएको भन्दै पक्राउ परेकालाई छाड्ने तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार देशका विभिन्न तीनवटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन शान्तिपूर्ण भएको जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता दीपेन्द्र जिसीले बारामा चार जना पक्राउ परेको बताए । ‘अन्य क्षेत्रमा पक्राउ परेको घटना छैन। बारामा बिहान चार जना पक्राउ परेका थिए। असम्बन्धित निर्वाचन क्षेत्रमा आएको पाइएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको थियो’, जिसीले भने ।

बारा, चितवन र तनहुँका एक एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। निर्वाचन आचारसंहिता तोडेको भन्दै चितवनमा मतदानस्थलमा पुगेका उम्मेदवार रवि लामिछानेविरुद्ध प्रदर्शन र हात पातको प्रयास भएको थियो । सोही कारण केही समय मतदान स्थगित पनि भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले माफी मागेपछि मतदान पुन सुरु भएको बताए ।

यद्यपी उक्त घटनामा कसैलाई नियन्त्रणमा नलिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *