प्राधिकरणले भन्यो- उद्योगीले विनाकारण आन्दोलन गरिरहेका छन, विद्युत दिए नदिएको विषयमा टीओडी मिटर हेरौं – Nepal Press

प्राधिकरणले भन्यो- उद्योगीले विनाकारण आन्दोलन गरिरहेका छन, विद्युत दिए नदिएको विषयमा टीओडी मिटर हेरौं

काठमाडौं । नेपाल विद्युत प्राधिरणले उद्योगी व्यवसायीले विद्युत दिँदा पनि आन्दोलन गरिरहेको बताएको छ । प्राधिकरणले टीओडी मिटर हेरे देखिने बताएको छ ।

मोरङको विराटनगरका उद्योगीहरुले औद्योगिक करिडोर क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको समस्या तथा दैनिक ७-८ घण्टासम्म अघोषित लोडसेडिङ भएको भन्दै आजबाट आन्दोलन सुरु गरेका छन् । पूर्वका उद्योगीहरु आजबाट सडकमै उत्रिएर नियमित विद्युत मागिरेहका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उद्योगीहरु समस्यामा परेकाले नै सडकमा आउनुपरेको बताए । उनले भने, ‘नेपाल विद्युत प्राधिकरणले औद्योगिक करिडोरमा एक महिनादेखि बिजुली काटेको छ । लोडसेडिङ भएको हो भने तालिका माग्दा होइन भनेर जवाफ आउने गरेको छ । बिजुली आउने समयको तालिका दिए हामीले मजदुरलाई छुट्टी दिएर मेशिन बन्द गरेर बस्ने थियौं । प्राधिकरणले लोडसेडिङ होइन भन्छ । तर पनि झ्याप्प-झ्याप्प बिजुली काटिँदा मेशिन, औजार, घान हालेको कच्चा पदार्थ बिग्रने गरेको छ ।’

विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले आन्दोलन भएको ठाउँमा केही समस्या रहेको बताए ।

‘अहिले भारतसँग १३ हजार मेगावाट परआवर विद्युत खरिद गरिरहेका छौं । नेटवर्कको समस्याले पनि सहज रुपमा विद्युत आपूर्ति हुन सकेको छैन । भारतसँग किनेको विद्युत पूर्व र पश्चिम पठाउन प्रसारण लाइन कमजोर छ । केही ठाउँमा ब्रेकर मेसिन पड्किएका छन्,’ भट्टराईले भने, ‘ब्रेकर पड्किँदा गत मंगलबार, बुधबार र बिहीबार विद्युत दिन केही समस्या थियो । अहिले उद्योगलाई विद्युत दिन केही समस्या छैन् । उद्योगीले विद्युत दिएन भनेरमात्रै हुँदैन टीओडी मिटर हेर्दा सबै कुरा थाहा हुन्छ । सो मिटरमा कति खपत भएको छ भन्ने सबै जानकारी हुन्छ ।’

लामो समयदेखि ठूला उद्योगले विद्युत नपाएको भन्दै प्रधानमन्त्री र ऊर्जामन्त्रीलगायतलाई भेट्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर