नेप्से १८ अंकले घट्याे, खुम्चियो कारोबार रकम – Nepal Press

नेप्से १८ अंकले घट्याे, खुम्चियो कारोबार रकम

काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक १८अंकले घटेको छ ।

आज १८.८० अंकले घट्दै नेप्से १८८५ बिन्दुमा कायम भएको हो ।

आजको दिन विभिन्न कम्पनीकाा २७ लाख २७ हजार ९२५ कित्ता सेयरको खरिदबिक्री हुँदा ८२ करोड ६६ लाख २६ हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सनाइज् बुलुचिप फण्डको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै सनराइज् फोकसड इक्युटि फण्ड नकारात्मक सकिर्टका साथ सर्वाधिक गुमाउनेको शीर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ रहेका १३ समूहमध्यये होटल तथा पर्यटन समूहको सेयर मुल्य मात्रै बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर