पाल्पामा बस दुर्घटना: एक महिलाको मृत्यु, १८ जना घाइते – Nepal Press

पाल्पामा बस दुर्घटना: एक महिलाको मृत्यु, १८ जना घाइते

रूपन्देही । पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जनाको उद्धार भइरहेको छ।

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै सबा ९ बजे दुर्घटना भएको हो।

घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ।

यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए। तिनाउ गाउँपालिका वडा नं ५ का अध्यक्ष इन्द्रा चिदीले घटस्थलमा पुगिसकेको र घाइतेको उद्धार भइरहेका बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *