आविष्कारको लागि बृहत् जनआन्दोलन गरौं, नेतृत्व मैले गर्नेछु : महावीर पुन – Nepal Press

आविष्कारको लागि बृहत् जनआन्दोलन गरौं, नेतृत्व मैले गर्नेछु : महावीर पुन

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख तथा एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसेको पुरस्कारको सन २००७ का विजेता महावीर पुनले नेपालमा आविष्कारको पक्षमा बृहत् जनआन्दोलन हुनुपर्ने बताएका छन् ।

हालसालै नेपाली विद्युतिय सवारी उत्पादक ‘यात्री’लाई सरकारले दर्ता असहयोग गरेपछि विदेश पलायन भएको समाचार आएपछि पुनको यस्तो प्रस्ताव आएको हो।

देशको आविस्कारको पक्षको बृहत् जनआन्दोलनको नेतृत्व गर्न आफु तयार भएको पुनले बताएका छन् । उनले सामाजिक संजाल ट्विटरमा भनेका छन्, ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्रीलाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।


प्रतिक्रिया

4 thoughts on “आविष्कारको लागि बृहत् जनआन्दोलन गरौं, नेतृत्व मैले गर्नेछु : महावीर पुन

  1. Kasko byapar ghata huneho tesaile ghus diyera anumati nadiyeko hunu pardacha, let’s fight against him, you make program for protest we all are ready to help you

    1. बबिन प्रधान देउमाइ नगरपालिका ४ मगलवारे says:

      म यश कुरामा 100% सहमत छु अब देश बनाउनु पर्छ ठुलो कुरा र बादले देशमा बिकास हुदैन अब बिकास वाद चाईयो हामिले हाम्रै उत्पादन लाई बडुवा दिनु पर्छ बिभिन्न प्रकारको उत्पादन म सग पनि छ यस्लाई सरकारले मान्यता दिएको छैन ।

  2. नेपालमा आविस्कार भन्ने कुरा केहि हुदैन, सबै बाहिरको कपि मात्र हो। आविस्कारको नाममा लगानी तथा समय दिने दुवै ब्येर्थ जस्तो लाग्छ। कुनै कुरा आविस्कार गरेपछि मास प्रोडक्सन गर्न सकिएन भने त्येसको कुनै अर्थ आउदैन। अर्को कुरा नेपाल मा कुनै पनि बस्तुको प्रोडक्सन गरेर ब्यापार गर्न सकिदैन। नत पपुलेसन छ, न जनता ले चाहेको गुणस्तर सामान बनाउन सकिन्छ न सरकारको कुनै नीति नै छ । छ मात्र इम्पोर्ट गर्ने, रिमिटेन्स भित्राउने। हामीले १०० मा उत्पादन गरेको बस्तु हाम्रो भन्दा राम्रो गुणस्तर मा आधा मुल्येमा छिमेकि देशमा उत्पादन हुन्छ। अर्को कुरा समान बनाउने सबै कच्चा पदार्थ पनि विदेश बाटै लिउने हो। येहाँ प्रोडक सम्बन्धित ब्यबसाय लाभ मुलक हुने सक्दैन । रिसर्च त पहिले फिजिबिलिटी स्टडीको लागि गर्नु पर्ने देखिन्छ। तर मैले केहि नै सम्भावना छैन भन्न खोजेको होइन, यहाँ धेरै सम्भावना छ जस्तै सेवा मुलक ब्यबसाय जस्तै आइटी, बिपिओ, केपिओ, सेवा मुलक निर्यात ब्यबसाय नै उपयुक्त देखिन्छ। यो मेरो नितान्त व्यक्तिगत विचार मात्र हो। अन्येथा नलिनु होला।

    1. कसरी सहयोग गर्ने हो जानकारी व्यापक ह‍ोस, अादरणिण व्यक्तित्व पुनजीको पहललाई अाभार र ईज्जत् गर्नु पर्छ किनकि देशकालागि नागरिक को भुमिका निर्ाहगर्ने अवसर मा एकजुट हुन पाईने, देशलाई अात्मनिर्भरता तिर लगेर स्वावलम्बि वनाउने र वन्ने अभियान हो । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर