डलरसँगै घट्यो युरोको भाउ – Nepal Press

डलरसँगै घट्यो युरोको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रवार स्थिर रहेको अमेरिकी डलर आज २८ पैसाले घटेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि शुक्रवार उक्त डलरको खरिद मूल्य १३१ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा २८ पैसाले घटेको हो । शुक्रवार युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ४ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ७० पैसा कायम गरिएको थियो।

आइतबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य शुक्रवारको तुलनामा १६ पैसाले घटेको हो । शुक्रवार यसको खरिद मूल्य १६२ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ १२ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४४ पैसा पाइन्छ भने आइतबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५० पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *