प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची – Nepal Press

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथि दफावार छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ ।

जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर