एम्बुलेन्स चालक संघ धनुषाको अध्यक्षमा यादव सर्वसम्मत – Nepal Press

एम्बुलेन्स चालक संघ धनुषाको अध्यक्षमा यादव सर्वसम्मत

जनकपुरधाम । संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल धनुषाको अध्यक्षमा राजेश कुमार यादव सर्वसम्मत चयन भएको छ ।

आज जनकपुरधाममा भएको संघको जिल्ला भेलाबाट अध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन् । संघको उपाध्यक्षमा अरुण कापर, सचिवमा अनिल कुमार लाल कर्ण र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद शर्मा चयन भएका छन् ।

यस्तै संघको सदस्यहरुमा महेश दास, दीपेन्द्र यादव, मनोज यादव, विमलेश चौधरी, नरेश यादव लगायतका छन् ।

संघको भेलाको प्रमुख अतिथि रहेका जसपा नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले इमान्दारिता पूर्वक सेवा प्रदान गर्न एम्बुलेन्स चालकहरुलाई आग्रह गरेका थिए ।

भेलामा एम्बुलेन्स चालकहरुले सामाजिक सुरक्षा कोषमा आफूहरुलाई पनि समावेश गर्न सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर