सर्लाहीमा लागू औषधसहित शिक्षक पक्राउ – Nepal Press

सर्लाहीमा लागू औषधसहित शिक्षक पक्राउ

सर्लाही । सर्लाहीमा लागू औषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागू औषधसहित पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसँग झै-झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट-१२ ट्याब्लेट, लागू औषध गाँजा बरामद गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *