‘गठबन्धन गरेर चुनावमा जान निर्वाचन आयोगले रोक्नुपर्छ, सरकारमा जानेबारे उपचुनावपछि निर्णय गर्छौँ’ – Nepal Press

‘गठबन्धन गरेर चुनावमा जान निर्वाचन आयोगले रोक्नुपर्छ, सरकारमा जानेबारे उपचुनावपछि निर्णय गर्छौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने बताएका छन् ।

शनिवार घण्टी घरमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सबै राजनीतिक दल आफ्नो नीति र सिद्धान्तका आधारमा जनतामा जानुपर्ने बताए ।

लामिछानेले भने- निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनाव जानबाट रोक्नुपर्छ । साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।

सभापति लामिछानेले सरकारमा सहभागी हुने वा नहुने सन्दर्भमा रास्वपा अहिले निर्णयमा नगएको र नीति कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएको हो भने सरकारमा सहभागी नहुने बताए ।

उपनिर्वाचनपछि मात्र सरकारमा जाने वा नजाने निर्णय लिइने उनले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “‘गठबन्धन गरेर चुनावमा जान निर्वाचन आयोगले रोक्नुपर्छ, सरकारमा जानेबारे उपचुनावपछि निर्णय गर्छौँ’

  1. फेरि हामीलाई भ्रमित बनाउने र भावनात्मक रूपमा भड्काउने प्रयास हुँदैछ।हिजो प्रचण्डको नेतृत्वमा बाबुराम देखाएर क्रान्तिको नाममा हत्याहिंसा र ध्वंसको राजनीतिमार्फत १२बुँदे हुँदै अहिले कम्फर्टेबल सत्ता चलाउनेहरू आज रवि लामिछानेको नेतृत्वमा स्वर्णिम लगाएर नेपालमाथि अर्को खेल खेल्दैछन्। उनीहरूले हिजो र आज जनता झुक्क्याउन कथित डाक्टर र विद्वान भनिने पात्रहरूलाई प्रयोग गरे र गर्दैछन्। त्यसैले मिडियाले देशप्रति ईमान्दार भएर सूचना प्रवाह गरोस्।

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर